बजार संक्षेप

वर्ल्डलिंक र सिडिसीबीच लगानी साझेदारी

  नागरिक   2019-10-25

काठमाडौं– बेलायतको विकास वित्त संस्था  सिडिसी ग्रुप युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनमा एक अर्ब ३५ करोड बराबर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ ।  बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवालले सिडिसीसँगको साझेदारी महत्वपूर्ण उपलब्धि भएको बताए । 
उनले यो सम्झौतासँगै स्थापनाको २५ वर्षमा वर्ल्डलिंक विश्वस्तरीय कम्पनीको रुपमा रुपान्तरण भएको बताए । अग्रवालले साझेदारीसँगै अझै उत्प्रेरित भएर काम गर्ने सोच आएको बताए । अग्रवालका अनुसार सिडिसीले १० प्रतिशत सेयर लिनेछ ।
सिडिसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनी नागराजनले आफूहरुको साझेदारी समुदायलाई गरिबीबाट मुक्त गर्ने काममा इन्टरनेट पुलको रुपमा काम गरोस् भन्ने मान्यताका साथ भएको बताए । उनले आफ्नो संस्थाले विश्वको धेरै देशमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको भएको भए पनि वल्र्डलिंक कम्युनिकेसन सँगको सहकार्य नेपालमा पहिलो भएको बताए । उनले सिडिसीले विगत ७० वर्षदेखि जनताको जीवनस्तर उकास्ने खालको दिगो विकासको क्षेत्रमा लगानी गर्दै आएको बताए ।

यसमा तपाईको मत