बजार संक्षेप

इन्भेस्टमेन्ट बैंकको सहयोग

  नागरिक   2020-01-16

काठमाडौं– भिमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले बुधबार एक कार्यक्रमबीच ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई उक्त चेक हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
२०७२ सालकोे विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघ–संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा समितिमार्फत आर्थिक स्रोत जुटाई मन्दिरको पुनर्निर्माणको कार्य भइरहेको समितिले जनाएको छ  । 
 

यसमा तपाईको मत