बजार संक्षेप

अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै सम्भव

  नागरिक   2020-02-02

काठमाडौं– संसारभरी नै विद्यार्थीलाई गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने लहर चलेको अवस्थामा प्रयोगात्मक, व्यावहारिक र व्यवसायिक शिक्षा दिँदै  विद्यार्थीको सिर्जनशिलताको विकास गर्ने उद्देश्यले स्वस्ति श्री गुरुकुल सञ्चालनमा ल्याइएको छ । 
काठमाडौंस्थित सानोभर्याङ्गमा रहेको उक्त स्कुलले बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धति, प्रकृति र समुदायसँगको अन्तरक्रियाले मात्र प्रतिस्पर्धी विद्यार्थी तयार गर्न सञ्चालनमा ल्याएको जनाएको छ ।
विद्यार्थीले बन्द कोठा भित्रभन्दा बढी समय प्रयोगशाला, खेलकुद मैदान, समुदाय र वातावरणसँग बिताउने गरी सैद्धान्तिक सिकाइभन्दा व्यावहारिक, प्रयोगात्मक र व्यावसायिक शिक्षामा जोड दिन स्कुल स्थापना भएको जारी जनाइएको छ । 
विद्यार्थीको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशालासँगै गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षालगायत सबै कक्षाकोठालाई प्रयोगशालाकै रुपमा विकास गरिने स्कुलले जनाएको छ ।


विद्यार्थीलाई अत्याधुुनिक सेवा, सुविधा दिने उद्देश्यले खोलिएको यस स्कुलमा सबै कक्षाकोठा वातानुकुलित(एयर कण्डिसन), फुटवल, बास्केटवल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुदको लागि संरचना, जिमहल, अत्याधुनिक तातोपानी सहितको पौडि पोखरी, वातानुकुलितआधुनिकबसलगायत अन्य विभिन्न सुविधा रहेको जनाइएको छ । 

गतबर्षदेखि नै पूर्वप्राथमिक कक्षा सुरु गरेको गुरुकुलले शैक्षिक सत्र २०७७को लागि बैशाख महिनामा कक्षा १ देखि ९ सम्म, आषाढ महिनामा कक्षा ११ सञ्चालनमा ल्याउने जनाएको छ ।
 

यसमा तपाईको मत