बजार संक्षेप

सन नेपालको अन्तरक्रिया

  नागरिक   2019-12-08

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले पाल्पाको तानसेनमा उक्त कार्यक्रम गरेको जनाएको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुको साथै जीवन बिमाको महत्वबारे प्रकाश पारिएको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत