बजार संक्षेप

इन्डोनेसियन बुटिक प्रदर्शन काठमाडौंमा शुरु

    2019-07-05

काठमाडौं- राजधानीमा काठमाडौंमा बुटिक मेला शुरु भएको छ । इन्डोनेसियाली
दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित
सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।
नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे (Rina P. Soemarmo) र
नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा
उद्घाटन गरेका हुन्।


आइएमई ग्रुप र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सहआयोक रहेको उक्त
मेलामा इन्डोनेसियाली बुटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ ।
मेलामा बुटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका
नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।
उक्त मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र
नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो
भन्दै यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रही आएको
स्पष्ट गर्नुभयो ।
 

यसमा तपाईको मत