बजार संक्षेप

आइएमईद्वारा रोगविरुद्व रक्षावरण योजना

    2019-08-07

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रोगविरुद्व रक्षावरण योजना सार्वजनिक गरेको छ ।
‘२१ घातक रोगविरुद्ध रक्षावरण योजना’ अन्तर्गत कम्पनीका बिमितले विभिन्न २१ घातक रोगविरुद्ध अधिकतम ५० लाखसम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
बुटवलमा आयोजना भएको क्षेत्रीय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
योजना सार्वजनिक हुनुअगावै बिमालेख लिइसकेका बिमितले समेत योजनामा सहभागी हुन सक्ने उल्लेख छ ।

यसमा तपाईको मत