बजार संक्षेप

आइसिटी अवार्डको तीन विधाका उत्कृष्ट ११ घोषणा

    2019-07-08

काठमाडौं– लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुने चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत नौ विधामध्ये तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । 
११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत शीर्ष ११ को टुंगो लगाएको जारी विज्ञप्तिमा उल्लेख छ । तीन विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको जानकारी जुरी समूहले गराएको छ । 
आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न नौ विधाका लागि एक सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । 


 

यसमा तपाईको मत