बजार संक्षेप

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

    2019-08-19

काठमाडौं– हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । यो योजना भदौ २ देखि कात्तिक १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो योजना दसैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको हो । 
योजना अन्तर्गत, ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा पाउनेछन् । साथै स्क्र्याच कार्डमार्फत थप एक लाखसम्म नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई चार रात पाँच दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यु एक थान दिइने कम्पनीले जनाएको छ । 
सबै हुन्डाई गाडी तीन वर्ष वारेन्टी, चार वर्ष फ्री सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुने कम्पनीको भनाइ छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमाबाइल उत्पादकमध्येमा पर्छ । 
 

यसमा तपाईको मत