बजार संक्षेप

हुन्डार्ई फेष्टिभ डिलाइट २०७५ का विजयीको घोषणा

    2019-06-09

काठमाडौँ- हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक समारोह बिच हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठले विजयीहरु ः बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना के.सि.(कुपन नं.९०६) लाई ष्द्दण् ब्अतष्खभ को साँचो हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी      (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो ।  
लक्की ड्र को विजेताहरुको छनौट ५ मे, २०१९मा हिमालया टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि श्रीमती विमला खनाल अध्यक्ष–कञ्जुमर आई नेपाल सहित सुश्री श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गर्नु भएको थियो । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट श्रीमती विमला खनालले कञ्जुमर आई नेपालको अनामनगर स्थित कार्यलयमा गर्नु भएको थियो ।
हुण्डाई फेष्टिभ डिलाइट २०७५ अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान ऋचभतब, एक थान ष्द्दण् ब्अतष्खभ, १०० जनाले १० ग्राम सुन सहित स्क्राच कार्ड मार्फत रु.१ लाख सम्मको नगद छुटपनि प्राप्त गर्नु भएको छ । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गर्नु भयो । 
सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध  छन् ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।  
 

यसमा तपाईको मत