बजार संक्षेप

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

  नागरिक   2019-12-11

काठमाडौं– हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । हलुका र निर्माण कार्यलाई सस्तो र सुलभ बनाउने दाबी गरिएको उक्त ‘हुलास डेक’ले ढलानको प्रयोग कम गर्ने जनाइएको छ ।
‘हुलास डेक’ भूकम्प प्रतिरोधात्मक रहेको र निर्माण समय घटाउन मद्दत गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ०.८ एमएमदेखि १.२ एमएमसम्मको मोटाइ र आवश्यकताअनुसार एक सय मिटर चौडा वा लामोसम्म उपलब्ध रहेको ‘हुलास डेक’ देशभरका डिलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत