बजार संक्षेप

सिटी सेन्टर विन्टर फेस्टमा भारी छुट

  नागरिक   2019-12-25

काठमाडौं– कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमा झैं नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेस्ट विथ म्यासिभ सेल’ घोषणा गरेको छ । 
विन्टर फेस्टको उपलक्ष्यमा ग्राहकलाई ८० प्रतिशतसम्म विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकले विशेष छुटको लाभ लिन सक्नेछन् ।
युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, फ्युजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्यान्डहरुको लाइभ प्रस्तुति विन्टर फेस्टभरी जारी रहने सिटी सेन्टरले जनाएको छ । 
 

यसमा तपाईको मत