बजार संक्षेप

ह्वावेको सात नयाँ उत्पादन सार्वजनिक

  नागरिक   2019-12-18

काठमाडौं– ह्वावे नेपालले आइतबार आफ्ना सातवटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । ह्वावेको इन्टेलिजेन्ट इकोसिस्टम ह्वावे मोबाइल सर्भिसेस (एचएमएस), ह्वावेको पछिल्लो फ्ल्यागसिप ह्वावे मेट ३० प्रो, वाई नाइन एस स्मार्टफोनसहित वाच जिटी टू, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्री बड्स थ्री तथा फ्रिल्यान्स जस्ता वेयरेबल सार्वजनिक गरेको हो । 
सार्वजनिक कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंग, ह्वावे ग्लोबल र ह्वावे नेपालले स्थानीय बजारमा गरेको प्रदर्शनबारे कर्पोरेट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए । कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी डेंगले नेपालको आइसिटी इन्डस्ट्रीमा ह्वावेले २० वर्षदेखि पुर्याएको सेवाबारे यात्रा विवरण प्रस्तुत गरेका थिए ।
ह्वावेले आइसिटी इन्फ्रास्ट्रक्चर तथा स्मार्ट डिभाइसमा आफ्नो ध्यान केन्द्रित गर्दै कार्यक्षमता तथा गुणस्तर सुदृढ पार्न निरन्तर काम गर्दै आएको जनाएको छ । सन् १९९९ यता ह्वावेले नेपालमा टू÷थ्री÷फोर टेक्नोलोजी तथा सलुसन भित्र्याउँदै टेलिकम अपरेटरहरूलाई ग्रामीण क्षेत्रमा पनि सञ्चार सञ्जाल तत्कालै जडान गर्न, दूरसञ्चार सेवाको गुणस्तर सुधार्न तथा डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको बताएको छ । कार्यक्रममा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरेको छ । 
 

यसमा तपाईको मत