बजार संक्षेप

वायुसेवा निगम र निगमका अध्यक्ष सम्मानित

  नागरिक   2019-12-18

काठमाडौं– नेपाल वायुसेवा निगम ‘मष्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’ बाठ सम्मानित भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे ‘एयरलाइन्स क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसन’ले निगमलाई सम्मान गरेको हो । ब्लगर्सका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई उक्त सम्मान हस्तारतरण गरेका छन् ।
विमान कम्पनीको मूल्याङन, परीक्षण, टिप्पणी आदी गर्ने पर्यटन पत्रकार एवं ब्लगर्सको उक्त अन्तर्राष्ट्रिय संस्थाले आफ्नो अध्ययनको आधारमा सम्मान प्रदान गरेको जनाएको छ । यसैगरी निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई उच्चस्तरीय सेवा, टीम व्यवस्थापनद्वारा उड्डयन क्षेत्रमा उल्लेखनीय नेतृत्व प्रदान गरे वापत ‘एयर लाइन्स सिइओ अफ दि एयर’ बाट सम्मानित गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानको गुणस्तरियताको मूल्याङनको आधारमा प्रदान गरिने मष्ट पपुलर एयरलाइन्स अवार्ड गत बर्ष थाई एयरले पाएको थियो भने त्यो भन्दा पहिल फिनिस एयरलाइन्सले पाएको थियो ।
सम्मान ग्रहण गर्दे अध्यक्ष खरेलले सम्मान प्राप्त गर्दै निगमको सेवाले गन्तव्यमा विश्वास बढाएको र यात्रु संख्या बढाउन सफलता पाएको बताए ।
उनले नेपाल वायुसेवा निगम सानो कम्पनी भएपनि विश्वसनीयता, नियमितता र सुरक्षाको प्रश्नमा विश्वास कमाउन सफल भएको जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय जगतले विश्वास गरी सम्मान प्रदान गरेको उनको भनाई छ ।
अवार्डबारे जानकारी गराउँदै संस्थाका अध्यक्ष ग्रोभरले कुनै पनि विमान कम्पनीको उड्डयनसँग सम्वन्धित आधारभूत सेवाका साथै यात्रु सन्तुष्टिको मूल्याङनको आधारमा सम्मान प्रदान गर्दे आएको जानकारी गराए ।
उनले निगमको बहुपक्षीय व्यवहारबाट आफू व्यक्तिगत रुपमा प्रभावित भएको समेत उल्लेख गरेका छन् ।

यसमा तपाईको मत