बजार संक्षेप

होन्डाको नयाँ सोरुम भैरहवामा

  नागरिक   2019-12-13

काठमाडौं– होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।  भैरहवास्थित होन्डाको दोस्रो सोरुमलाई सिद्धिविनायक अटो इन्टरनेसनलले सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 
वर्षौंदेखि नेपाली ग्राहकलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होन्डाले भैरहवामा आफ्नो नयाँ सोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकलाई सहजरूपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रविन्दु बनाएको जनाएको छ । स्याकार ट्रेडिङ कम्पनी ज्योति ग्रुपकै एक भाग रहेको जनाइएको छ । 
 

यसमा तपाईको मत