बजार संक्षेप

होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न

  नागरिक   2019-10-25

काठमाडौं– होन्डा नेपालले ग्वार्कोस्थित होन्डा सर्भिस ट्रेनिङ सेन्टरमा होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
क्षेत्रीय स्तरबाट सुरु गरिएको यस प्रतियोगितामा देशभरका होन्डाका १३ आधिकारिक टेक्निसियनको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
उक्त प्रतियोगितामा सागर गुरुङ (पहिलो) र मोहन थापा मगर (दोस्रो)ले नेपालको प्रतिनिधि गर्दै मार्च २०२० मा थाइल्यान्डमा हुने एसियन होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, तेस्रो हुने होन्डा हाउस गोरखाका टेक्निसियन नरबहादुर चौधरीले पुरस्कार स्वरुप नगद २५ हजार रुपैयाँ प्राप्त गरेको उल्लेख छ ।
टेक्निसियनको आत्मविश्वास बढाउन उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत