अटो विशेष

होन्डाको डियो डिलक्स बजारमा

    2019-06-12

काठमाडौं – होन्डाको डियो स्कुटरको अपडेटेड भर्सन डियो डिलक्स नेपाली बजारमा उपलब्ध भएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले डियो डिलक्स नेपाली बजारमा ल्याएको छ  ।

सो स्कुटरको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ । यद्यपि आगामी शुक्रबार सम्म यसमा ५ हजार रुपैयाँ छुट प्रदान गरिएको होन्डा सोरुमका बिजनेस डेभलपमेन्ट म्यानेजर निजेन लाल श्रेष्ठ ले बताए। 

डियो डिलक्समा सीबीएस ब्रेकिङ सिष्टम र स्ट्याबिलिटी कन्ट्रोल, फुल्ली डिजिटल मिटर, मोबाइल चार्जिङ सकेट लगायतका आधुनिक विशेषता थपिएको छ । त्यसैगरी स्कुटरको पर्फमेन्स तथा माइलेजका ‘एचइटी’ इन्जिन, सिट ओपनिङ स्विचसँगै फोर इन वान लक, सर्भिस रिमाइन्डर इन्डिकेटर र गोल्ड रिमको विशेषता प्रदान गरिएको छ ।

यसमा डिजिटल स्पिडोमिटर र ट्रिप मिटर छ । यसमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर उपलब्ध छ ।

यसबाहेक स्कुटरको इन्जिन, लुक्स लगायत अन्य पक्षमा कुनै परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । यसमा १०९.१९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इञ्जिन छ, जसले ८ बीएचपी पावर तथा ८.९१ एनएम टर्क जेनेरेट गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने यो स्कुटर भारतीय प्रदूषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।

यसमा विभिन्न चार कलर अप्सनमा यो स्कुटर उपलब्ध छ ।
 

यसमा तपाईको मत