बजार संक्षेप

दशैं–तिहारमा 'होण्डाको साथ ७'

  नागरिक   2021-09-28

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' ग्राहक वर्गहरु माझ ल्याएको छ। नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।  

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपनमार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्ने छन्। यसका साथै यस योजनाअन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने छन्।  

त्यसैगरी होण्डा बिगबाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्ने छन्। यति मात्र नभई यस योजनामा ग्राहकहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्ने छन्।

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने छन्। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने होण्डाले जनाएको छ।

यसमा तपाईको मत