बजार संक्षेप

हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक

  नागरिक   2019-09-30

काठमाडौं– गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रा. लि.ले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘ अजबको गजब’ योजना सार्वजनिक गरेको छ । 
यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली ,ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।

यो योजना सिमित अवधिका लागी मात्र उपलब्ध हुने जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

यसमा तपाईको मत