बजार संक्षेप

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

  नागरिक   2019-12-12

काठमाडौं– हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि क्वालालम्पुर सीधा उडान सुरु गरेको जनाएको छ । 
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि सुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० को संघारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 
क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मंगलबार उडान भर्ने छ । ‘हामी क्वालालम्पुर र काठमाडौंबीचको सीधा उडान पुनः सञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौं ।  यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महŒवपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महŒवपूर्ण भूमिका खेल्नेछ,’ कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताएको विज्ञप्तिमा उल्लेख छ । 
सन् २०१४ अगस्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुधावी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।  
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तीन ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, सांघाई र त्यसपछि अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।
 

यसमा तपाईको मत