बजार संक्षेप

खुर्कोटमा हिमालयन बैंक

  नागरिक   2019-12-26

काठमाडौं– हिमालयन बैंकले सिन्धुलीको खुर्कोटस्थित साझा चोकमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकको सञ्चालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत