बजार संक्षेप

हिमालयन बैंकले प्रहरी वृत्तलाई सहयोग

  नागरिक   2021-09-19

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ।  

महानगरीय प्रहरी वृत्तका कर्मचारीलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाले दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले १ लाख १० हजार रूपैयाँबराबरका दुई थान कम्प्युटर सहयोग गरेको हो। बैंकका मुख्य प्रबन्धक समीर आचार्यले वृत्तका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई सो सहयोग हस्तान्तरण गरेका छन्।

 

यसमा तपाईको मत