बजार संक्षेप

हिमालय एअरलाइन्स्ले ढाका उडान सुरु गर्दै

    2019-07-11

काठमाडौँ- हिमालय एअरलाइन्स्ले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ढाका/काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससंग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ । 
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्स्ले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसंगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।  
 

यसमा तपाईको मत