बजार संक्षेप

तिलगंगा अस्पताललाई सहयोग

  नागरिक   2020-02-06

काठमाडौं– ज्योतिविकास बैंकले तिलगंगा आँखाअस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखाप्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागलेगर्दै आएको ‘जीरिआईस्टडि’ को लागि बैंकले सामाजिक उत्तरदायित्वकोलागि स्थापित हाम्रोविकास प्रवर्द्धन कोष मार्फत १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैैंकका प्रमुखकार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र आँखाप्रतिष्ठानका सिईओ ओयमबहादुर महतले उक्तसहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
हाल बैंकले एक एक्स्टेन्सन काउन्टरसहित एक सय दुई शाखा,४८ एटिएम मार्फत सेवा दिदै आएको छ ।


 

यसमा तपाईको मत