बजार संक्षेप

मुक्तिनाथ बैंकको सहयोग

  नागरिक   2019-09-05

काठमाडौं– मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउन्डेसन नेपाल धादिङको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ । 
फाउन्डेसनले हरेक दिन करिब पाँच सय स्कुले बालबालिका तथा वृद्धवृद्धालाई निःशुल्क भोजन गराउँदै आएको र करिब १५ सय स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पुर्याउदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले जनभोजको लागि एक दिनको लागत खर्च बरावर ५० हजार सहयोग गरेको जनाएको छ । बैंकको धार्के शाखाका प्रमुख राजीव आचार्यले संस्थाका व्यवस्थापक भोला राउतलाई उक्त रकम हस्तान्तरण गरेको जनाइएको छ । 
बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बंैकिङ सुविधाका साथै एक सय २० शाखा, २२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत