बजार संक्षेप

माछापुच्छ्रेको सहयोग

  नागरिक   2019-09-02

काठमाडौं– माछापुच्छ्रे बैंकले श्वेताश्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले फाउन्डेसनकी अध्यक्ष खड्कालाई सात लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
फाउन्डेसनले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको चौतारा साँगाचोकमा माझी बस्तीको लागि ५३ भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिरहेको छ । उक्त बस्तीमा आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भनेर बैंकले सहयोग गरेको जनाएको छ ।
आर्थिक अभावका कारण सडक, बाल बगैंचा, स्वास्थ्यचौकी, रिटेनिङ वाल लगायत आवश्यक पूर्वाधार निर्माणको काम अगाडि बढ्न कठिन देखिएको कारण बैंकले सहयोग गरेको जनाएको छ ।

यसमा तपाईको मत