बजार संक्षेप

कामना सेवाद्वारा सहयोग

    2019-08-13

काठमाडौं– कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत रुपन्देहीको वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले उक्त सामग्री वितरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिकामा सिसी क्यामेरा जडानका लागि उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका प्रबन्धक तुलसीप्रसाद आचार्यले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाइएको छ ।
बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बिमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई नौ हजार ६ सय सात रुपैयाँ र बेसी सहरका ग्राहक रन्जिता अधिकारीलाइ ६७ हजार आठ सय १९ रुपैयाँ स्वास्थ्य बिमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।
बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङका साथै ९७ शाखा र ४५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।
 

यसमा तपाईको मत