बजार संक्षेप

कुमारी–सारथि सहकार्य

    2019-08-30

काठमाडौं– कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथि प्रालिसँग डिजिटल पेमेन्टसम्बन्धी सहकार्य गरेको छ । 
आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउन सारथिका ट्याक्सीमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीको आम्दानी तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ । ग्राहकले पनि बायोमेट्रिक लगइनमार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् । 
ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । सो पेमेन्टमा ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपका साथै फोनपे नेटवर्कअन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट सिधै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले एक सय तीन शाखा, ९३ एटिएम, तीन एक्सटेन्सन काउन्टर तथा तीन शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत