बजार संक्षेप

ब्राण्ड बकेटद्धारा महिलाको लागि स्वास्थ्य उत्पादनहरु नेपाली बजारमा

  नागरिक   2020-01-10

काठमाडौं- ब्राण्ड बकेट, पी सेफको नेपालका लागि आधिकारीक राष्ट्रिय बितरकले हाईजेनिक उत्पादनहरु नेपालको स्वास्थ्य बजारमा भित्र्याएको छ । कम्पनीले महिलाहरुका लागि विभिन्न स्वास्थ्य र र सरसफाईसम्बन्धि उत्पादनहरु स्वास्थ्यमा जागरुक युवाहरुलाई लक्षित गर्दै बिक्री बितरण गर्न शुरु गरेको छ । सार्वजनिक रुपमा आफ्ना स्वास्थ्यसम्बन्धि सामाग्रीहरुका साथमा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धि गर्ने उद्धेश्य समेत लिएको छ ।
पी सेफ पर्सनल हाईजिन एक्सपर्ट हो र यसका ट्वाइलेट सीट स्यानिटाइजर स्प्रे, पुन प्रयोग गर्न मिल्ने महिनाबारी कप, एलो भेरा प्यान्टी लाइनर्स,नेचुरल इन्टिमेट वास , फेमिनाइन क्र्याम्प रिलिफ रोलन, अर्गानिक कटन ट्याम्पोन्स, पुन प्रयोग गर्न मिल्ने ब्रेस्ट प्याडहरु जस्तै युनिक र विशेष किसिमका उत्पादनहरु १६ वर्षभन्दा माथिका महिलाहरुका लागि लक्षित गरेर उपलब्ध गराएको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीका उत्पादनहरु न्यूनतम रु ७९/– देखि अधिकतम ८००/– रुपैयाँसम्म विभिन्न डिपार्टमेन्टल स्टोरहरु, फार्मेसीहरु, र दराज, स्मार्ट डोको, ई फार्मेसीलगायतका अनलाइनहरुमा उपलब्ध रहेका छन् ।
यसबाहेक, पी सेफले अल्कोहलरहित ह्याण्ड स्यानिटाइजर, पुरुषहरुका लागि फोमयुक्त वाश र प्राकृतिक लामखुट्टे भगाउने मस्क्यूटो रिप्लेन्ट, महिला तथा पुरुषहरु दुबैले प्रयोग गर्न मिल्ने काखीमुनीको पसिना सोस्ने स्वीट प्याडहरु समेत ल्याएको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत