बजार संक्षेप

शेर्पा मलमा ‘हार्ड रक क्याफे’

  नागरिक   2021-10-03

आउँदो महिनादेखि दरबारमार्गस्थित शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ। 

क्याफेमा सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारको निजी वस्त्र तथा सांगीतिक उपकरणको संग्रह र अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्सका साथमा आफ्नो नयाँ सहरप्रति प्रस्तुति पनि पेस गर्ने भएको छ। उक्त मलको पहिलो र माथिल्लो तलामा सञ्चालन हुने यस रेस्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छतलाई पनि समेटेको छ। 

क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो। मेनुमा संलग्न परिकारहरूमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हुनेछ। जुन खास गरेर क्याफेका लागि डेनमार्कबाट झिकाइएको छ। ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेन्डसँग सिजनिङ गरिनेछ। 

त्यसपछि घरेलु बार्बेक्यु ससको साथमा मिसाएर सटिकताका लागि ग्रिल्ड गरिनेछ अनि सिजन्ड फ्राइज, कोलस्ल र र्‍यान्च स्टाइलका सिमिहरूसँग पस्किइनेछ।त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस र चक्काको ब्लेन्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुनेछ। 

यसमा तपाईको मत