बजार संक्षेप

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

  नागरिक   2019-11-15

काठमाडौँ-  निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यस का लागि उनको दृढ बिश्वास , अथक मेहनत तथा सकारात्मक सोच ले धेरै भुमिका खेलेको छ । 
निजको यो यस शाहसपूर्ण यात्रालाई हामा आईरन एण्ड स्टील ई. प्रा.लि. तथा प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. ले शुरुवाती समय देखि नै साथ र सहयोग रहेको थियो । जस अन्तर्गत हामा आईरन एण्ड स्टील ई. प्रा.लि.को तर्फबाट भौतिक रुपमा साथै प्रिमियर इन्स्योरेन्स क.(नेपाल) लि. ले निर्मल पूर्जाको यस यात्रालाई बिमाको सुबिधा प्रदान गरेको थियो । निर्मल पूर्जाकोे यस यात्रालाई हामा आईरन एण्ड स्टील ई. प्रा.लि. का प्रबन्ध निर्देशक तथा प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. का सञ्चालक श्री राजन कृष्ण श्रेष्ठको व्यक्तिगत प्रयास मा निरन्तर सहयोग र प्रयासको पनि योगदान रहेको छ । हाल निर्मल पूर्जा, ‘निम्स दाई’ को यस सफल यात्राले नेपाल लाई पनि बिश्वमान चित्रमा सबैका अगाडी चिनाउने मद्दत पुगेको छ । 14/07 Project possible नाम दिइएको यस सफल मिसनमा नेपालको पनि मान–प्रतिष्ठा जोडिएको छ जसका लागि एउटा विदेशमा कार्यरत नेपालीले नेपाललाई विश्वव्यापी रुपमा चिनाउन सफल भएको छ । उहाँबाट कायम गरिएको यस नयाँ बिश्व कीर्तिमानले आम नेपालीहरुलाई पनि नयाँ हौसला थप्नुको साथै निजको यस अदम्य साहस ले सम्पूर्ण बिश्व सामु नेपालको पर्वतारोहण पर्यटनलाई पनि टेवा पुर्याएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।   
निर्मल पूर्जा, निम्स दाईले ६ महिना ६ दिनमा विश्वका ८,००० मि. माथि का १४ वटा हिमालको सफलतापूर्वक आरोण गरिएकोमा हामा आईरन एण्ड स्टील ई. प्रा.लि. तथा प्रिमियर इन्स्योरेन्स क.(नेपाल) लि.का तर्फबाट बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि निजले नेपालको बिश्व जगतमा नाम अझै उचाई पुर्याउन अहम भुमिका निर्वाह गर्ने कार्यमा शुभकामना व्यक्त गरेको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
  
 
 

यसमा तपाईको मत