बजार संक्षेप

गल्फद्वारा हेटौडामा स्लो स्कूटर प्रतियोगिता आयोजित

    2019-06-09

हेटौडा- हेटौडा लेडी जेसिसद्वारा आयोजित स्लो स्कूटर प्रतियोगिता २०१९ हेटौडामा आयोजित गरिएको छ ।  यो प्रतियोगिता सडक दुर्घटना बारे जानकारी आदान प्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रम थियो ।बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने अवश्थामा छ । सो बिषयमा सबैलाइ सचेतना होस  र सुरक्षित सवारीमा ध्यान केन्द्रित गरेर ट्राफिक नियम बारे जानकारी प्रदान होस भन्ने ध्येयले जेसीज सप्ताह  २०१९ अन्र्तगत गल्फ स्लो स्कूटर प्रतियोगिता आयोजित गरिएको हो । कार्यक्रममा सडक दुर्घटना कसरी कम गर्न सकिन्छ जस्ता मुख्य विषय बस्तुमा अन्तरक्रिया गरिएको थियो ।

 

कार्यक्रममा सभापतिको  रुपमा हेटौडा लेडी जेसिस २०१९ की अध्यक्ष जेसी सुष्मा लटौला ज्यू  उपस्थित हुनु भएको थियो । साथै श्री हिरामणि त्रिताल मुख्य अतिथिका रुपमा प्रस्तुत हुनु भएको थियो भने विशिष्ट अतिथि प्रहरी निरिक्षक विरेन्द« कुमार ठाकुर उपस्थित हुनु भएको थियो ।

प्रतियोगितामा, सुश्री सुमित्रा लामा प्रथम , सुश्री सुजुता श्रेष्ठ दोस्रो  र सुश्री उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । 

नेपाल ल्युब आयल लिमिटेड ( गल्फ लुब्रिकेन्ट्स संधै यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रम संग सम्बन्धित छ जसमा विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरु, जुन हामी दैनिक जीवनमा भोग्दै आएका हुन्छौ ।
 

यसमा तपाईको मत