बजार संक्षेप

गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत

  नागरिक   2019-12-04

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत पदमा भेषबहादुर बस्नेत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निणर्यले उनलाई उक्त पदमा नियुक्त गरिएको जनाइएको छ । 
विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वावलम्बन लघुवित्तमा विभिन्न तहसहित विभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत