बजार संक्षेप

कतार एयरक्राफ्ट केटरिङलाई उत्कृष्ट सम्मान

  नागरिक   2019-11-28

दोहा– कतार एयरक्राफ्ट केटरिङ कम्पनी युकेएएस मान्यताको ब्युरो भेरिटासको आइएसओ २२०००ः२०१८ द्वारा सम्मानित पहिलो संगठन बन्न सफल भएको छ । 
यससँगै क्युएसिसीको खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सर्वोच्च गुणस्तरको भएको पुष्टि भएको कम्पनीले जनाएको छ ।
क्युएसिसीले यसअघि आइएसओ २२०००ः२००५ मापदण्ड प्राप्त गरेको थियो र ब्युरो भेरिटाससँग कार्यरत रही विगत ११ महिनादेखि मापदण्ड अनुरुपको काम सुनिश्चित गर्न प्रयासरत रहेको विज्ञप्तिमार्फत जनाएको छ । 
 

यसमा तपाईको मत