घरेलु उपकरण विशेष

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

    2019-05-24

काठमाडौँ- तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि वितरण गर्दै आएको यो ग्रुपका प्रोडक्टको माग वर्षेनी बढ्दै गएको छ।
नेपालमा कुलरको बिक्रि केही वर्षयता यसको ह्वात्तै बढेको पाइन्छ। यद्यपि, बजारमा धेरै मात्रामा भारतबाट कुलरहरु आयात हुने गर्छन्। त्यस्तै, केही कम्पनीहरुले चीनबाट पनि कुलर ल्याएर बेचिरहेको पाइन्छ।  
सेलो भारतमा आफै कुलर उत्पादन गर्ने कम्पनी हो जसको नेपाललगायतका धेरै देशमा उत्पादनहरु बिक्रि हुने गर्दछ। बिक्रीको आधारमा गोयन्का ग्रुप नेपालमा तेस्रो स्थानमा रहेको छ।  यो ग्रुपको उत्पादनहरु धेरै भन्दा धेरै मोडेलहरुमा उपलव्ध छन। यसका २२ देखि ७५ लिटरसम्मका विभिन्न मोडेल गरेर १४ मोडेलका सेलो कुलरहरु छन। उपभोक्ताले आफ्नो आवश्यकता अनुरुप मोडेल छानेर लिन सक्नेछन्।


 घरायसी प्रयोगकर्ताहरुदेखि होटेल, रेस्टुरेन्ट, मिटिंग हल सबै क्षेत्रमा प्रयोग हुनसक्ने मोडेलका कुलरहरु गोयन्का ग्रुपले उपलब्ध गराउँदै आएको छ। यसमा रिमोट कन्टेल र बटम सिस्टम दुबै कुलरहरु उपलब्ध छन। टावरका मोडेल, दुराकुल ३० लगायतका कुलरहरु बढि विक्रिहुने गरेको विक्रेताको अनुभव छ। 

मूल्यका आधारमा फ्यानहरु भन्दा यी कुलर केहि मात्रामा महँगो भए पनि बिजुलीको खपत लगभग बराबर नै हुने भएकोले नेपालीहरु माझ कुलर लोकप्रिय बन्दै गएको छ। विशेष गरी तराई क्षेत्रमा कुलरको प्रयोग बढी हुने गर्दछ। सेलो कुलर बिक्रीको हिसाबले बुटवल, भैरहवा, क्षेत्रमा लोकप्रिय रहेको विक्रेताको अनुभव छ। पछिल्लो समय नेपालका बाँकी क्षेत्रमा पनि यसले राम्रो छाप छोड्न सफल भएको छ। यो वर्षबाट काठमाडौँमा पनि सेलो कुलरको बिक्रि सुरु भएको छ। 

सेलो कुलर नै किन?
* लामो समय चिसो फाल्छ 
* भारतमा अत्याधिक रुचाइएको ब्रान्ड 
* ब्रान्डेडहरुमा सबै भन्दा सुपथ मूल्य 
* लो भोल्टेजमा पनि चल्ने र बिजुलीको कम खपत गर्ने,
* आवाज कम भएकोले राति चलाएर पनि सुत्न सकिने 
* सेलो ब्रान्ड आफै उत्पादक भएकोले गुणस्तरीय पार्टपुर्जा प्रयोग भएको र पार्ट्स पाउन पनि सजिलो 
* पावरफुल फ्यान भएकोले इन्डोर र आउटडोर दुवै ठाउँमा प्रयोग गर्न सकिने

 

 

यसमा तपाईको मत