बजार संक्षेप

सरकारले २० हजार टन चिनी आयात गर्ने

  नागरिक   2019-09-13

काठमाडौं– व्यावसायीले आन्तरिक उत्पादन पर्याप्त रहेको बताइरहेको बेला सरकारले चिनी आयातको लागि स्वीकृति दिएको छ । २० हजार टन चिनी आपूर्तिको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।
दसैं तिहारमा छुट मूल्यमा बिक्री प्रयोजनका लागि खाद्य र साल्ट ट्रेडिङलाई १०–१० हजार टनका दरले चिनी ल्याउन मन्त्रालयले स्वीकृति दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । 
 

यसमा तपाईको मत