बजार संक्षेप

सुनको मूल्यमा सामान्य गिरावट

  नागरिक   2021-09-29

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सयले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ४५० रहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ।

 

 

 

यसमा तपाईको मत