बजार संक्षेप

शुक्रबार सुनको कारोबार कतिमा हुदैँछ?

  नागरिक   2021-09-24

साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ६ सयले घटेर ८९ हजार कायम भएको छ।

बिहीबार ८९ हजार ६ सयमा कारोबार भइरहेको सुन आज ६ सय सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाईको मत