बजार संक्षेप

बुधबार सुनको मूल्यमा गिरावट

  नागरिक   2021-11-03

बुधबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको पनि भाउ वृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हँदैछ। मंगलबार, धनतेरसको दिन भने सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। महासंघको तथ्यांक अनुसार मंगलबार भने चाँदी तोलामा पाँच रुपैयाँले उकालोलाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाईको मत