बजार संक्षेप

सुनको मूल्यमा गिरावट

  नागरिक   2021-10-31

आइतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी तेजाबी सुनको पनि मूल्य घटेर प्रतितोला ९१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
आइतबार चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा किनबेच हुँदैछ।

यसमा तपाईको मत