बजार संक्षेप

शुक्रबार सुनको मूल्यमा ओरालो

  नागरिक   2021-10-29

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री हुँदैछ।  बिहिबार भने सुनको भाउ ९२ हजार ४०० रुपैयाँ तोकिएको थियो। आज छापावाल सुनको मूल्य ४००ले घटेको हो।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँ तोकिएको महासंघको जनाएको छ।

 

यसमा तपाईको मत