बजार संक्षेप

सुनको मूल्यमा गिरावट

  नागरिक   2021-10-27

नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैँयाले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।

सुनको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैँया रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार १ सय रुपैँया तोकिएको थियो।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैँया कायम भएको छ। चाँदी मङ्गलबार प्रतितोला एक हजार २६५ रूपैँयामा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

यसमा तपाईको मत