बजार संक्षेप

सुनको मूल्य बढ्यो

  नागरिक   2021-10-21

बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ। बुधबार सुन तोलामा १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदी प्रतितोला १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २३५ रुपैयाँ तोकिएको थियो।

यसमा तपाईको मत