बजार संक्षेप

सुनको मूल्य घट्यो

  नागरिक   2021-09-17

शुक्रबार सुनको मूल्य ८९ हजार एक सय रुपैयाँ रहेको छ। आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो ।

बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाईको मत