बजार संक्षेप

सुनको मूल्य सय रुपैयाँ घट्यो

  नागरिक   2019-10-17

काठमाडौं (रासस)– निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा बुधबार प्रतितोला एक सय रुपैयाँ कम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार सात सयमा खरिद बिक्री भएको थियो । 
सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको थियो । त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला सय रुपैयाँ घटेको छ । यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ३०० कायम भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला १० घटेर तोलाको ८५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 
 

यसमा तपाईको मत