कभर स्टोरी

सुनको मूल्य घट्यो

  नागरिक   2021-09-12

आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रवार तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदी प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाईको मत