बजार संक्षेप

गोदरेजको बाली ट्रिप विजेता छानिए

  नागरिक   2019-12-04

काठमाडौं– गोदरेज अप्लाएन्सेसद्वारा चाडपर्वमा सञ्चालित ‘फ्री कपल ट्रिप टू बाली’ योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक भएको छ । 
कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । गत भदौ २० देखि कात्तिक ३० गतेसम्म लागू गरिएको उक्त योजनामा गोदरेज ब्रान्डको रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा नगद छुटका साथ भाग्यशाली दुई ग्राहकलाई बाली भ्रमणको योजना सार्वजनिक गरिएको थियो । 
लक्की–ड्रमार्फत पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापाले इन्डोनेसियाको बाली जाने अवसर पाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत