बजार संक्षेप

गोदरेजको “फ्रि कपल ट्रिप टु बाली” अफर

  नागरिक   2019-09-06

काठमाडौँ- गोदरेज अप्लाएन्सेस्ले चाडपर्वको अवसरमा ग्राहक माझ खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । 
यो योजना अन्तर्गत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ । यो योजना अन्तर्गत  गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address  टाइप गरी पठाउन सकिने जानकारी गराएको छ।   
यो योजना अन्तर्गत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिने साथै ए.सी.को खरिदमा फ्रि जडान गरिनेछ ।

यो योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ भने   नेपाल अधिराज्यभर रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध रहेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।
 

यसमा तपाईको मत