बजार संक्षेप

गोदरेजको ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ योजना सार्वजनिक

  नागरिक   2021-09-20

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दसैं र तिहारलाई लक्ष्य गरी ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामान खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ। सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिने, साथै बम्पर उपहार अन्तर्गत तीनजना भाग्यशाली ग्राहकले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडी टिभी समेत जित्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

उक्त योजनाअन्तर्गत गोदरेजका विभिन्न सामान, रेफ्रिजिरेटर खरिदमा ३३ हजार रूपैयाँसम्मको, वासिङ मेसिन खरिदमा १५ हजार तीन सय रूपैयाँसम्मको, माइक्रोवेभ ओभन खरिदमा सात हजार पाँच सय रूपैयाँसम्मको, एअर कुलर खरिदमा पाँच हजार दुई सय रूपैयाँसम्मको क्यासब्याक र एसीमा चार हजार रूपैयाँ बराबरको निःशुल्क एसी जडान प्राप्त गर्न सकिने बताइएको छ।

गोदरेजले विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीका साथै निःशुल्क होम डेलीभरी पनि प्रदान गर्ने जनाएको छ। गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गतको सिजी इओएल हो।

 

यसमा तपाईको मत