बजार संक्षेप

ग्लोबल आइएमई बैंक १२ घन्टा खुल्ने

    2019-08-12

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधाका लागि आइतबारदेखि कान्तिपथ शाखा दैनिक १२ घन्टा खुल्ने व्यवस्था मिलाएको छ । उक्त शाखा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने बैंकको विज्ञप्तिमा उल्लेख छ । सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई ध्यानमा राखी साबिकको कार्यालय समय अघि र पछि पनि बैंकिङ सेवा उपलब्ध गराउने हेतुले यो कदम चालेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शनिबार र सार्वजनिक बिदाको दिनमा भने १२ घन्टे सेवा पाइने छैन । शनिबार र सार्वजनिक बिदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउन्टरमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत