बजार संक्षेप

ग्लोबल आइएमई बैंकको विशेष सभा

    2019-07-31

काठमाडौं– ग्लोबल आइएमई बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाबाट हाथवे फाइनान्स कम्पनी प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै उक्त कम्पनी प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात स्वीकृत गरेको जनाइएको छ । 
हाथावे फाइनान्स कम्पनीको एक सय कित्ता सेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता सेयर प्रदान गर्ने गरी सेयर स्वाप अनुपात स्वीकृत भएको उल्लेख छ । 
प्राप्तिपछि बैंकको चुक्ता पुँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ तथा शाखा सञ्जाल एक सय ४१, कुल निक्षेप एक सय २५ अर्बभन्दा बढी, कुल कर्जा एक सय १४ अर्बभन्दा बढी पुग्ने बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत